गृहपृष्ठ Featured सैनामैना क्रिकेट क्लब विजयी

सैनामैना क्रिकेट क्लब विजयी

तिलोत्तमा ।

भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत् सोमबारको खेलमा सैनामैना क्रिकेट क्लबले सहज जित निकालेको छ । उसले ज्ञानोदय क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा १० ओभर १ बलमै अलआउट हुँदै ९८ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न सैनामैनाका गणेश गौतमले ६ दशमलव १ ओभर बलिङ गर्दै १ मेर्डन राखेर २६ रन खर्चंदै ६ विकेट लिए ।

त्यस्तै, सुनिल पौडेलले ३ तथा श्रीराम गैरेले १ विकेट लिन सफल भए । ज्ञानोदयका लागि भुवन गैरेले ३३, प्रतीक भट्टराईले १६ र मनिष पौडेलले १३ रन बनाए । ज्ञानोदयका अन्य ५ खेलाडी शुन्य रनमै पेभेलियन फर्किंए भने ३ खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

प्रतिउत्तरमा ९९ सय रनको सामान्य लक्ष्य पछ्याएको सैनामैनाले २३ ओभर २ बलमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य भेट्टायो । उसको जितमा सुनिल पौडेलले ३८, मनिष क्षेत्रीले अविजित २० तथा सुजन क्षेत्रीले १७ रनको योगदान दिए ।

बलिङमा ज्ञानोदयका आषिश अलीले २ तथा लक्ष्मण खत्री र मनिष पौडेलले समान १–१ विकेट लिए । खेलमा सैनामैनाका गणेश गौतम प्लेयर अफ द म्याच भए ।

मंगलबार देवदह क्रिकेट क्लब र बुटवल क्रिकेट क्लब बिच खेल हुने लिग संयोजक प्रथम पराजुलीले बताए ।

सम्बन्धित् समाचार