कपिलवस्तु ।
कपिलवस्तुको तौलिहवामा दिवंगत १० जना पुर्व क्रिकेट खेलाडीको स्मृतिमा टि-20 क्रिकेट प्रतियोगीता सुरु भएको छ ।
जिल्ला क्रिकेट संघ कपिलवस्तुको आयोजनामा बुद्धपद उमाबिको खेल मैदानमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौैडेलले बलीङ र लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले खेलको उदघाटन गरेका थिए ।

सो अवसरमा प्रदेश सदस्य पाण्डेयले यस्ता प्रतियोगीताले खेलाडीले अवसर पाउनुका साथै प्रतिभाको समते बिकास हुने बताए । उनले खेल क्षेत्रको विकासमा तीनै तहका सरकारले बजेट बढाउदै लानु पर्ने बताए । सो अवसरमा मेयर पौडेलले क्रिकेट खेलको नेपालमा क्रेज बढेको बताए ।
उनले संघले समेत क्रिकेट खेलको विकासकालागि खेलको आयोजना गर्नु राम्रो काम भएको र नगरपालिकाको समेत यसमा साथ हुने बताए । सो अवसरमा संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले क्रिकेट खेलको विकासकालागि संघले हरेक बर्ष क्रिकेट खेल गर्ने गरेको बताए । उनले क्रिकेटका विकासकालागि सबैले लगानी बढाउनु पर्ने बताए ।
संघका जिल्ल अध्यक्ष गैरेको अध्यक्षतामा भएको उदघाटन सत्रमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष अशोक कुमार गुप्ता, वडा नम्बर ५ का अध्यक्ष दिरेप चौधरी, तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी लगायतको सहभागीता थियो । प्रतियोगीतामा प्रथम हुनेलाई ३० र द्धितीय हुनेलाई १५ हजार प्रदान गरिने छ ।
प्रथम हुनेलाई ३० रकम नगरपालिका शिक्षा अधिकृत युवराज भुसालले दिने घोषणा गरेका छन । सोमवार भएको पहिलो खेल वडा नम्बर १ र ३ बिच भएको र सो खेल १ नम्बरले जितेको छ ।
यस्तै दोश्रो खेल वडा नम्बर २ र ४ को भएको थियो जसमा वडा नम्बर २ बिजयी भएको छ । प्रतियोगीतामा ६ वटा टिम सहभागी छन ।








