पूर्वी नवलपरासी ।
पूर्वी नवलपरासीमा गएराति मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक पछाडि बसेका मध्यबिन्दु नगरपालिका-११ का ३० वर्षीय अनिल बिकको उपचारको क्रममा गएराति मृत्यु भएको हो ।
त्यसैगरी दुर्घटनामा २५ वर्षीय अजय ठकुरी र मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर बिक घाइते भएका छन् । उनीहरूको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरीका अनुसार गएराति १ बजे मध्यविन्दु नगरपालिका वडा नम्बर ११ दमार चोकस्थित भित्री सडक खण्डमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।








