गृहपृष्ठ Featured बाणगंगामा जारी पाँचौ मेयर कप : वडा नं.१० र १ सेमिफाईनलमा प्रवेश

बाणगंगामा जारी पाँचौ मेयर कप : वडा नं.१० र १ सेमिफाईनलमा प्रवेश

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको चारनम्बर जितपुरमा अवस्थित बुद्धरंगशालामा जारी पाँचौ मेयर कप फुटवल प्रतियोगितामा शुक्रबार २ खेल सम्पन्न भएका छन् ।

वडा नंं. ९ र १० बीच भएको पहिलो खेलमा वडा नं.१० विजयी भएको नगर खेलकुद विकास समितिका अध्यक्ष पदम सेनले जानकारी दिए । वडा नं.१० ले वडा नं.९ लाई २–० गोल अन्तरले पराजित गरेको हो । यस्तै वडा नं.१ र ५ बीच भएको दोस्रो खेलमा वडा नं.१ विजयी भएको छ । वडा नं.१ ५–० गोल अन्तरले विजयी भएको हो ।

वडा नं.१० को यो पहिलो जित हो भने वडा नं.१ को दोस्रो जित हो । यो जित हात पारेसंगै वडा नं.१ र सेमिफाईनलमा प्रवेश गरेका छन् ।
यसैबीच शनिबार २ खेल हुने छन् ।

पहिलो खेल वडा नं.३ र ४ बीच दिउँसो १ बजेदेखि हुने छ भने दोस्रो खेल दिउँसो ३ बजे वडा नं.२ र ११ बीच हुने छ ।

सम्बन्धित् समाचार