गृहपृष्ठ Featured ‘बुद्धको शिक्षालाई कूटनीतिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश’

‘बुद्धको शिक्षालाई कूटनीतिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश’

प्रकाशित मिति:

रूपन्देही ।

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई कूटनीतिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ ।

परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर कर्प नेपालको दुई दिने सम्मेलनको अन्तिम दिन शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीको उपस्थितिमा विभिन्न देशका गैरआवासीय राजदूत र महावाणिज्य दूतहरुले बुद्धको शान्ति र अहिंसाको मार्गलाई कूटनीतिक शक्तिका रुपमा प्रयोग गर्दै शान्ति र समृद्धिको नेतृत्व गर्न सकिने सन्देश दिएका हुन् ।

मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको विश्वमा विभिन्न प्रकारको द्वन्द्वहरु देखा परेकाले त्यसका लागि बुद्धभूमि नेपालबाट पहल गर्न सकिने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले बुद्वको शिक्षा वैज्ञानिक र व्यवहारिक रहेको बताउँदै लुम्बिनी सम्मेलनले विश्वमा शान्ति, करुणा र अहिंसाको सन्देश दिन सफल हुनुपर्ने बताए । बुद्वले आफैंलाई चिन्नुपर्छ भनेर दिएको शिक्षा आजको विश्वमा झन बढि अपरिहार्य बन्दै गएको उनले बताए । उनले बुद्व दर्शनमा सबैभन्दा महत्वपूर्ण पाटोका रूपमा ध्यान( मेडिटेशन) रहेकाले यसलाई विश्वव्यापी बनाउनुपर्ने बताए ।

उनले मन केन्द्रीत गरिने ध्यान बौद्व धर्ममा मात्रै सीमित नरहेको बताए । ’तपाईं क्रश्चियन हुनुहोस्, मुस्लिम वा हिन्दु, तर मेडिटेशन सबैले गर्दा मन शान्ति हुन्छ’ उनले भने । उनले बुद्व जन्मस्थल लुम्बिनी जुनसुकै धर्म मान्नेहरूले अंगिकालाई लिन सकिने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले खुशी, शान्ति र सन्तुष्टिका साथ बाच्नका लागि बुद्ध शिक्षा महत्वपूर्ण हुने बताए । बुद्धले जबसम्म परीक्षण गरेर सत्य स्थापित हुँदैन तबसम्म विश्वास नगर भनेर भनेको सन्दर्भ उल्लेख गर्दै बुद्धजन्मस्थलबाट विश्वमा शान्ति र समृद्धिको सन्देश दिन पाउँदा निकै खुशी लागेको बताए ।

सम्बन्धित् समाचार