कपिलवस्तु ।
सीमा क्षेत्रका समस्या समाधानका लागि वर्तमान सरकार गम्भीर हुनुपर्नेमा नेपाली कांग्रेसका नेताहरूले जोड दिएका छन् ।
सीमा क्षेत्रका नागरिकहरूलाई राज्यबाट प्रवाह हुने सबै खाले सेवा सुविधा सहज ढंगबाट दिइनुपर्ने,सीमा क्षेत्रका नागरिकलाई सहज मलखाद तथा बउ विजन उपलब्ध गराउनुपर्ने नेताहरूले माग गरेका छन् ।
नेपाली कांग्रेसका पूर्वसभापति राजेश आचार्य, जिल्ला नेताहरू राजेश सिंह ज्ञवाली,सुरेश शर्मा, वजीह अरशद,आशुतोष सिंह लगायतका नेताहरूले गाउँ गाउँमा नेपाली कांग्रेसको संगठन विस्तार गरी आगामी २०८४ को निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन सबै नेता कार्यकर्ताहरू लाग्नु पर्नेमा जोड दिएका छन् ।








