गृहपृष्ठ Featured लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ हुने

लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ हुने

रुपन्देही ।

बुद्ध जन्मस्थल लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ हुने भएको छ । लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रूपमा विकास गर्दै शान्तिको सन्देश दिने उद्देश्यसहित यही चैत २३ र २४ गते दुई दिन अन्तर्राष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस र लुम्बिनी शान्ति कन्सर्ट गरी तीन वटा प्रमुख कार्यक्रम गर्न लागिएको हो ।

मङ्गलवार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद्, लुम्बिनीले यसको तयारीका बारेमा जनकारी दिएका हुन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विश्व शान्तिको मुहान लुम्बिनीलाई प्रवर्द्धन गर्दै यहाँबाट विश्वमाझ शान्ति र अहिंसाको सन्देश दिन महोत्सव गर्न लागिएको जानकारी दिए ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका श्रेष्ठले यो कार्यक्रमले लुम्बिनीको महत्वलाई विश्वमाझ अझै परिचित बनाउन योगदान दिने विश्वास व्यक्त गरे ।

सम्बन्धित् समाचार