वैखरी अनलाईन, बाणगंगा ।
प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपमा शारिरीक रुपमा अशक्तहरुलाई निशुल्क प्रवेश दिईने भएको छ । प्रतियोगिता अवधिभर खेल अवलोकनका लागी शारिरीक रुपमा अशक्त अपाङ्गहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको कपिलवस्तु फुटवल संघका कोषाध्यक्ष सुसिलसिंह ठकुरीले वैखरीलाई जानकारी दिए ।
उनले शारिरीक रुपमा अशक्तहरुलाई खेल मैदानमा बनाईएको प्याराफिटमा उचित तवरले बसाईको समेत व्यवस्थापन गराईने बताए । प्रत्यक्ष रुपमा खेल अवलोकन गर्दा उनीहरुमा नयाँ उर्जा थप्ने कोषाध्यक्ष ठकुरीले विश्वास व्यक्त गरे ।
कपिलवस्तुको चारनम्बर जीतपुरमा अवस्थित बुद्ध रंगशालामा गत चैत्र १७ गतेदेखि प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप सुरु भएको थियो । यो प्रतियोगिता लुम्बिनी प्रदेशकै सर्वाधिक धनराशीको खेल हो ।
बुधबार मात्र पहिलो सेमिफाईनल खेल सकिएको छ । जसमा नेपाल पुलिस क्लव प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । थ्रीस्टार क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाईनलमा पुगेको हो ।
विहिबार प्रतियोगिताको दोस्रो सेमिफाईनल खेल भोलि विहिबार सुदूरपश्चिम ११ र हनामी विएफसी चिवतनबीचको हुदैं छ । प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।








