वैखरी अनलाईन, बाणगंगा ।
ब्लड क्यानसरलाई जितेर खेलमा फर्किएका चर्चित नेपाली फुटवल खेलाडी प्रिजन तामाङलाई कपिलवस्तुमा आर्थिक सहयोग गरिएको छ । प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपमा बुधबार उनलाई नगद ५१ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।
उनी थ्रीस्टार क्लवका एक महत्वपूर्ण खेलाडी हुन् । उनले अन्तरराष्ट्रिय स्तरका विभिन्न खेल समेत खेलेका छन् ।
तामाङलाई ब्लड क्यानसर भएपछि उनी लामो समय खेलबाट बाहिर थिए । हालै मात्र उनी खेलमा फर्किएका हुन् ।
उनले ब्लड क्यानसरलाई जितेर खेलमा फर्किएको र उनको हौसलालाई थप वृद्धि गर्न आर्थिक सहयोग गरिएको बताईएको छ । यसले उनको खेल जीवनमा थप उर्जा थप गर्ने विश्वास समेत लिईएको छ ।
तामाङलार्ई रोट्ररी, सिद्धार्थ सामाजिक विकास केन्द्र, एनएमबी बैंक चारनम्बरका कर्मचारी, प्रकाश थापा, कपिलवस्तु जिल्ला फुटवल संघका युवा लगायतका खेलप्रेमी कपिलवस्तुवासीले आर्थिह सहयोग गरेका हुन् ।