कपिलवस्तु ।
अर्घाखाँचीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । दुर्घटनाबाट कपिलवस्तु शुद्धोधन नगरपालिका- १ का २८ वर्षीय मियाज मुसलमानको मृत्यु भएका हो ।
सन्धिखर्कबाट कपिलवस्तु तर्फ आउँदै गरेको जीपले सोही दिशाबाट आईरहेको मोटरसाइकललाई शितगङ्गा नगरपालिका १४ को बठेनी करेचुली भन्ने स्थानमा ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी प्रमुख डीएसपी प्रतिक सिंह राठौरका अनुसार लु २ च ७९३२ नम्बरको जिपले लु ६ प ७९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुबै गाडी सडकदेखि तल खसेको थियो ।
घटना स्थलमा इप्रका ठाडाको टोली पुगेर शव पोष्टमार्टमका लागि प्राथमिक उपचार केन्द्रमा ल्याइएको छ।








