गोपाल भण्डारी
कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका-३ सिकोटवा गाउँमा झाडापखाला तथा हैजाका बिरामी देखा परेका छन् । चार/पाँच दिनयता सो गाउँका केही परिवारमा झाडापखाला देखिएको थियो बिरामीमध्ये दुईजनाको एन्टीजेन परीक्षण गर्दा १ जनामा हैजा रोग देखिएको हो ।
अस्पताल आएका कुनै पनि वान्ता तथा झाडा पखालाका बिरामीलाई छुट्टै राखेर विशेष ढंगबाट उपचार गर्न स्वास्थ्यकर्मीको एक स्पेशल टोली परिचालन गरेका छौं,’मे.सु.डा.जयसवालले भने,’दुषित खानेपानी र सरसफाइ अभावका कारण यस प्रकारको रोगहरू देखिएको हुनसक्छ ।’
उनीहरूले स्वास्थ्य सल्लाह सहित मास्क,सेनिटाइजर,साबुनलगायतका स्वास्थ्य सामाग्री वितरण गरेका छन् । बिरामी भएका घर परिवारको अनुगमन गर्दा उनीहरुले प्रयोग गर्ने शौचालय व्यवस्थित नभएका कारण त्यहाँबाट हैजाको किटाणुहरू फैलिएको कपिलवस्तु नगरपालिकाकी स्वास्थ्य शाखाकी निमित्त प्रमुख उमा थापाले बताइन् ।
कपिलवस्तु जिल्लालाई पूर्ण खुलामुक्त जिल्ला घोषणा गरिए पनि शौचालयको प्रयोग नहुनु,प्रयोग भए पनि व्यवस्थित नहुनु,खानेपानी दुषित हुनु,स्वास्थ्यसम्बन्धी बानी व्यवहारमा ध्यान नदिइनु जस्ता कारणबाट जिल्लामा पटकपटक झाडा पखाला तथा हैजा जस्ता प्रकोपहरू देखिने गरेको छ ।







