नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ कपिलवस्तुको जनकम्युनमा चैते रोपाइँमा व्यस्त रहेका छन् ।
मंगलबारसम्म काठमाडौंको तीव्र राजनीतिक भेटघाट र समाजवादी मोर्चाको अन्तरक्रियामा व्यस्त रहेका विप्लव पार्टी केन्द्रीय कार्यालय रहेको कपिलवस्तुको शिवराज नगरपालिका-९ शिवगढी पुगेका थिए ।
पार्टी सबै तहका नेता कार्यकर्ताहरुलाई एकल तथा सामूहिक वा संस्थागत ढङ्गले उत्पादनमा जोडिने केन्द्रीय नीति अन्तर्गत महासचिव विप्लव पनि खेतिपातिमा सहभागी भएको नेकपाका केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए ।
झण्डै ५ कठ्ठामा रोपाइँ भइरहेको र बाँकी जग्गामा समेत चैत भित्र रोपाइँ सक्ने कार्यक्रम रहेको पार्टी निकट स्रोतले बताएको छ ।