वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिका- १ मा अवस्थित श्री सिद्धार्थ मावि बुङ्चीमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । आईतबार सर्वसम्मत रुपमै गणेश बहादुर क्षेत्रीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको विद्यलायका प्रअ दल बहादुर थापा ‘ईश्वर’ ले वैखरीलाई जानकारी दिए ।
प्रअ थापाका अनुसार समितिको सदस्यहरुमा शारदा पौडेल, गिता आचार्य, उमा छहारी र विष्णु विसी चयन भएका छन् ।

यस्तै समितिको सल्लाहकारहरुमा प्रेम बहादुर राना, खुम बहादुर मल्ल, जनार्दन ज्ञवाली, ठग बहादुर मल्ल, लक्ष्मी बहादुर खत्री, शंकर प्रसाद पौडेल, सुमन क्षेत्री, तेज प्रसाद आचार्य, खिल प्रसाद शर्मा, सुस्मा खाँण र रितु हमाल राना चयन भएका छन् भने संरक्षकका रुपमा शिव बहादुर मल्ल, सुमा क्षेत्री र धन कुमारी मल्ल चयन भएका छन् ।
अध्यक्ष गणेश बहादुर क्षेत्रीले सिद्धार्थ मावि बुङ्चीलाई विद्यार्थीहरुको पहिलो रोजाईको विद्यालय बनाउने गरि काम गर्ने बताएका छन् । उनले अभिभावकहरुको विश्वासलाई जितेर विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गर्ने दाबी गरे ।
विद्यालयका प्रअ दल बहादुर थापा ‘ईश्वर’ ले बधाई तथा शुभकामना दिदैं विद्यालयको समग्र विकासका लागी नवगठित विद्यालय व्यवस्थापन समितिले रचनात्मक काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
पछिल्ला बर्षबाट सिद्धार्थ मावि विधार्थीहरुका लागी उत्कृष्ट गन्तव्य बन्दै गएको छ । शैक्षिकदेखि भौतिक प्रगतिमा विद्यालयले फड्को मारेको छ ।
यस्ता छन् विद्यालयका विशेषता :









