गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगा प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले लिए पद तथा गोपनियताको सपथ

बाणगंगा प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले लिए पद तथा गोपनियताको सपथ

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार नगरप्रमुख चक्रपाणी अर्यालले प्रतिष्ठानका अध्यक्ष बालाराम ज्ञवालीलाई सपथ ग्रहण गराएका हुन् ।

त्यस पश्चात अध्यक्ष ज्ञवालीले सदस्यहरु सुर्य प्रसाद भुसाल, कृष्ण पाण्डे, ऋषिकेशव भारद्धवाज, कुलराज पौडेल, लेखनाथ घिमिरे, राधा पाण्डे, गिता भुसाल, पुर्णचन्द्र परियार र द्धारिका चौधरीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

 

प्रतिष्ठानको सदस्य सचिवमा प्रमुख प्रशासकिय अधिकृत रहने व्यवस्था भएअनुसार भक्तिराम मरासिनी छन् । बाणगंगा प्रज्ञा प्रतिष्ठानको सल्लाहकारहरुमा डिल बहादुर कार्की, भिम भट्टराई समिर सायर, ज्ञाजराज अर्याल, पोमनारायण पौडेल, मोहन ज्ञवाली र बुद्धिसागर बेल्वासे रहेका छन् ।

नगरप्रमुख चक्रपाणी अर्यालले यस क्षेत्रको कला, साहित्य, सँस्कृति एवम् परम्पराको संरक्षण, सम्बद्र्धनमा प्रतिष्ठानले प्रभावकारी काम गर्नेमा आफु आशावादी रहेको बताए ।

नगरउपप्रमुख रिता कुमारी चौधरीले प्रतिष्ठानका सम्पुर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदैं प्रतिष्ठान स्थापनाको औचित्य सावित गर्न अनुकरणीय काम गर्न आग्रह गरिन् ।

सम्बन्धित् समाचार