गृहपृष्ठ Featured साझा यातायातलाई नाफामा ल्याएर उदाहरणीय बनाउन जरुरी : मन्त्री अधिकारी

साझा यातायातलाई नाफामा ल्याएर उदाहरणीय बनाउन जरुरी : मन्त्री अधिकारी

प्रकाशित मिति:

काठमाडौँ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले साझा यातायातलाई नाफामा ल्याएर उदाहरणीय बनाउन जरुरी रहेको बताएका छन् ।

मंगलबार ललितपुरमा साझा यातायातको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले विद्युतीय बसहरू सञ्चालनमा ल्याएर जनतालाई सुविधा दिने र संस्थालाई नाफामा चलाउने उद्देश्य राख्नुपर्ने बताए । उनले साझा सबैको सहयोग र भावनाबाट चल्ने भएपनि अब संस्थालाई नाफामा लैजाने र अरूलाई उदाहरण देखाउने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

मन्त्री अधिकारीले विद्युतीय सवारी साधनमा यात्रा गर्ने यात्रुलाई सहजता हुनेगरी चार्जिङ स्टेशनको व्यवस्थापन गर्न जरुरी रहेको बताए ।
उनले साझा यातायातलाई मन्त्रालयको स्रोत र साधनले धान्न सक्ने सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सम्बन्धित् समाचार