गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा इद उल्लास

कपिलवस्तुमा इद उल्लास

प्रकाशित मिति:

मनोज पौडेल

कपिलवस्तु ।

मुस्लिम बहुल क्षेत्र कपिलवस्तुको तौलिहवास्थित इदगाह र मस्जिदमा मुस्लिम धर्मावलम्बीले भेला भएर प्रार्थना गरेका छन् । इदगाह र मस्जिद उल्लासमय बनेकोछ । इदका दिन बिहीबार मुस्लिम धर्मावलम्बीले कपिलवस्तु नगरपालिकाको बसपार्कस्थित इदगाहमा र छोट्की तौलिहवास्थित मस्जिद पुगेर नमाज पढेका थिए ।

सानादेखि ठूलो सबै बिहानै स्नान गरी सफासुग्घर भइ नयाँ कपडा लगाएर पुगेका थिए । सबैले धार्मिक विधिपूर्वक नमाज पढे । सबै जनाले अंगालोमा बाँधिएर गला मिलाउँदै खुसीयाली साटासाट गरे ।

गरिब विपन्नलाई दान गरे । छोट्की तौलिहवामा रहेको इमाम अहमद बिन हम्मल मस्जिदमा महिलाहरूले पनि धार्मिक विधिपूर्वक सामूहिक नमाज पढे । नमाजस्थलमा शुभकामना आदानप्रदान गर्न कपिलवस्तु नगरपालिका नगरप्रमुख सुदीप पौडेल, पूर्वमन्त्री तथा राजदूत दीपकुमार उपाध्याय र पूर्व मन्त्री बृजेशकुमार गुप्ता पुगेका थिए ।

कपिलवस्तु जिल्ला मुलुककै दोस्रो ठूला मुस्लिम बहुल क्षेत्र हो ।

सम्बन्धित् समाचार