गृहपृष्ठ Featured आईपीएल : दिल्लीले लखनउलाई ६ विकेटले हरायो

आईपीएल : दिल्लीले लखनउलाई ६ विकेटले हरायो

प्रकाशित मिति:

काठमाण्डौ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स्ले लखनउ सुपर जायन्ट्सलाई हराएको छ । गएराति लखनउमा भएको खेलमा घरेलु टोली दिल्लीसँग ६ विकेटले पराजित भयो । लखनउले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले १८ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो । लखनउ ५ खेलमा ६ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । त्यस्तै ६ खेलमा ४ अङ्कसहित दिल्ली पुछारबाट दोस्रो स्थानमा रहेको छ । ६ खेलमा २ अङ्क मात्रै रहेको आरसीबी पुछारमा छ । ५ खेलमा ८ अङ्क रहेको राजस्थान रोयल्स शीर्ष स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्स र राजस्थान रोयल्स् खेल्दैछन् । पञ्जाब र राजस्थानको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । ५ खेलमा ४ अङ्क रहेको पञ्जाब तालिकाको आठौँ स्थानमा छ ।

सम्बन्धित् समाचार