गृहपृष्ठ कपिलवस्तु बिशेष उपप्रमुख गुप्ताको दादागिरीले बदनाम हुदैं ‘कपिलवस्तु नगरपालिका’

उपप्रमुख गुप्ताको दादागिरीले बदनाम हुदैं ‘कपिलवस्तु नगरपालिका’

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तु नगरपालिकाकी उपप्रमुख सुनिता गुप्ता (साहु) को दादागिरीले नगरपालिका नै बदनाम भएको छ । उपप्रमुख गुप्ताको दादागिरी शैलीकै कारण समग्र नगरपालिका बदनाम भएको हो ।

उनका हरेक गतिविधि नगरका लागी पुर्ण रुपमा हानीकारक सावित भएको छ । यसको पछिल्लो प्रमाण बुधबार १५औ नगरसभाका क्रममा नगर प्रमुख सुदिप पौडेलसहितका जनप्रतिनिधिहरुप्रति अभद्र व्यवहार हो । जसले व्यापक चर्चा चायो । जसको फलस्वरुप उनी विरुद्ध गाली बेज्यती तथा र्दुव्यवहार सम्बन्धि मुद्धा दर्ता भएको छ । निवेदकहरुले दिएको जाहेरीका अधारमा बुधबार नै जिल्ला प्रहरी कार्यालयले मुद्धा दर्ता गरेको जनाएको छ । नगरपालिकाका ८ जना वडा अध्यक्ष तथा ६ जना कार्यपालिका सदस्यले उपप्रमुखविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् ।

मुद्धा दर्ता भएको बारे पुष्टि गर्दै प्रहरी प्रमुख नवरत्न पौडेलले घटनाको अनुसन्धान भईरहेको बताए । प्रहरीका अनुसार प्रहरी निरिक्षकको नेतृत्वमा अनुसन्धान टोली समेत खटिएको छ । प्रहरी श्रोतका अनुसार विहिबार नै उपमेयर विरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी छ । ‘बुधबार सार्वजनिक विदा भएकाले लिन पाएनौ, विहिबार अदालतबाट पक्राउ पुर्जी लिन्छौ र अघि बढ्छौ,’ एक प्रहरीले भने ।

नगरपालिकाको कुल बजेट बाडफाँडको ५० प्रतिशत आफुले तोके अनुसार विनियोजन नभएको, सेवा सुविधा मेयर बराबर नभएको, नगरका योजनाहरु आफु निकटलाई कोटेशनमा नदिएको भन्दै तिब्र असन्तुष्ट रहेकी उपमेयर गुप्ताले १५ औ नगर सभा विथोल्ने प्रयास स्वरुप अभद्र व्यवहार देखाईएकी हुन् । उनले यस अघि पनि श्रीमानसंग मिलेर कर्मचारी वृतमा आतंक मच्चाएकी थिईन् । जसले आन्दोलनको रुप लिएको थियो ।

उपमेयर सुनिताका श्रीमान संजय गुप्ताले कर्मचारीलाई कार्यपालिका वैठकमै र्दुव्यवहार गर्दा सार्वजनिक मुद्धा समेत खेपेर धरौटीमा रिहा भएका थिए । जसपाबाट निर्वाचित उपमेयर गुप्ताका श्रीमान १ बर्ष अघि एमाले प्रवेश गरेपछि नगरपालिकामा विवाद सुरु भएको हो ।

अझ त्यसमाथि तौलिहवा उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष उठेका गुप्ता नराम्ररी पराजित भएपछि बदला स्वरुप उपमेयर श्रीमती परिचालन गरेर हरेक क्रियाकलापमा असहयोग गरेको आरोप समेत छ ।

रोष्टममा बोल्दा नै आपत्तीजनक शब्द प्रयोग गर्दै आएकी उनले नगरसभामा प्रस्तुत गर्नुपर्ने बिधेयक, ऐन लगायतका बिषयबस्तु प्रस्तुत नगरि नगरका मेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिृकत, शाखा प्रमुख तथा कर्मचारीहरु लक्षित भष्ट्रचार आरोप लगाउदै दुव्र्यवहारको प्रयास गरेकी थिइन् ।

मेयर सुदिप पौडेल र उपमेयर गुप्ता दुबै जसपाबाट निर्वाचित जनप्रतिनिधी भएपनि उनले नगरका हरेक योजना, कार्यक्रममा अवरोध तथा असहयोग गर्दै आएको आरोप मेयर पौडेलको छ ।

जनप्रतिनिधी विचको किचलोले नगरपालिका कर्मचारीहरु समेत आतंकित बनेका छन् । जनप्रतिनिधीहरु बिच अस्वस्थ प्रतिस्प्रधाले काम गर्ने वातावरण नभएको, विभिन्न अवरोध तथा समस्या मात्र थुप्रिने गरेको र जनप्रतिनिधीहरु बाटै विभिन्न निकायमा प्रतिशोध साध्न उजुरीहरु दिएर दुख दिने गरेको कर्मचारीहरु बताउछन् ।

सम्बन्धित् समाचार