गृहपृष्ठ Featured दुबईमा भारी वर्षाले जनजीवन अस्तव्यस्त

दुबईमा भारी वर्षाले जनजीवन अस्तव्यस्त

प्रकाशित मिति:

दुबईमा गत मंगलबारदेखि  परेको मुसलधारे पानीले जनजीवन अस्तव्यस्त भएको छ । वर्षाले राजमार्ग वरिपरिको आवागमन अवरुद्ध  सुनुको साथै  दुबईस्थित विमानस्थल समेत  पानीका कारण डुबानमा परेको छ । यात्रुलाई अत्यावश्यक काम नभएसम्म विमानस्थल नआउन सूचना गरिएको छ।

युएईमा २४ घन्टामा दुई सय ५४ मिलिमिटर वर्षा भएको छ। वर्षाका कारण सडकमा खोला बगेपछि यातायात अवरूद्ध भएका छन् भने दुबई इन्टरनेशनल एयरपोर्टमा उडान  समेत प्रभावित भएको छ। भीषण वर्षासँगै आएको हावाहुरीका कारण दुबईमा अर्बौ रुपैयाँको क्षति पुगेको छ भने  दुबईका कतिपय सहरमा इन्टरनेट तथा विद्युत प्रशारण समेत अवरुद्ध  भएको छ।

केही विज्ञहरूले कृत्रिम वर्षा अर्थात् क्लाउड सिडिङका कारण यति धेरै वर्षा भएको बताएका छन्। हालसम्म  मानवीय क्षतिबारे यकिन गर्ने अवस्था नरहेको  बताए । सरकारी सञ्चारमाध्यमले जनाएअनुसार मंगलबारको वर्षा ७५ वर्षयताकै ठूलो  वर्षा भएको हो।

दुबईको छिमेकी देश ओमानमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण १८ जनाको  मृत्यु भएको छ भने साउदी अरब,तथा  बहराइनमा समेत वर्षा भएको छ।

सम्बन्धित् समाचार