गृहपृष्ठ Featured एसीसी प्रिमियर कप : नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

एसीसी प्रिमियर कप : नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

प्रकाशित मिति:

काठमाडौं

एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ।  ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ :४५ बजेबाट सुरू हुनेछ।

नेपाल ‘ए’ को समूहको विजेता र युएई समूह ‘बी ‘ को उपविजेता हुन्। नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहेर समूह विजेता बन्दा युएई ४ खेलमा तीन जित र एक हारसँगै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।

यसअघिको संस्करणमा नेपालले युएईलाई फाइनलमा हराउँदै च्याम्पियन बनेको थियो भने एसिया कप समेत खेलेको थियो। टी-२० विश्वकप छनोटमा पनि नेपालले युएईलाई पराजित गरेको थियो।

नेपाल र युएई मुख्य प्रतिद्वन्द्वी रहँदै आएको छ।

सम्बन्धित् समाचार