हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका– ७ रोडिकोटमा शिशु जन्माएको केही समयपछि सुत्केरीको मृत्यु भएको छ।स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रीता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्य चौकीमा मृत्यु भएको हो।
देवकोटाले बच्चालाई जन्म दिएको १ः३० घन्टापछि मृत्यु भएको हो। मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिए पनि आफन्तले ढिला आइतबार बिहान ११ बजे मात्रै स्वास्थ्यचौकी पु¥याउँदा समस्या उत्पन्न भएको स्वास्थ्यचौकीका इञ्चार्ज टीका बोहराले बताए।
इन्चार्ज बोहराका अनुसार आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी व्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्यचौकीमा ल्याउँदा समस्या भएको हो।
रोडिकोट स्वास्थ्यचौकीमा कार्यरत अनमीलगायत सबै स्वास्थ्यकर्मी लागिपरेपछि रातिको १०ः३० बजे बच्चा जन्माउन सफल भए पनि त्यसको केही समयपछि देवकोटाको मृत्यु भएको उनले बताए।








