गृहपृष्ठ Featured डढेलो निभाउन जाँदा तिलोत्तमाको दमकल जलेर पूर्ण रुपमा क्षति

डढेलो निभाउन जाँदा तिलोत्तमाको दमकल जलेर पूर्ण रुपमा क्षति

प्रकाशित मिति:

रूपन्देही ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार दिउँसो जलेर पूर्ण रुपमा क्षति भएको छ । प्रहरी चौकी मँगलापुरका अनुसार नगरपालिकाका लु १ ग ३४९ नम्बरको दम्कलमा आगलागी भएको हो ।

तिलोत्तमा–८ गणेशनगरको जँगलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै एक्कासी आगाको लप्काले दमकलमा टिपेपछि इन्जिनसहितको भाग पूर्ण रुपमा जलेको हो ।
घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार