नारद कोहार
तौलिहवा ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अपहरणको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट बुधबार दिउँसो अपहरणमा परेका कपिलवस्तु नगरपालिका- ४ मालपराका विनीत मिश्रको प्रहरीले आठ घण्टापछि बुटवलबाट सकुशल उद्धार गरेको हो ।
प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार अपहरणको आरोपमा पाँच जना जनालाई पक्राउ गरिएको हो ।
घटना बारे थप अनुसन्धान भइरहेको उहाँको भनाई छ ।
घटना के कारणले भएको हो भन्ने अहिले नखुलेको प्रहरीको भनाइ छ ।








