शाई होपले दोहोरो अंक पार गर्न पनि सफल भएनन् । कप्तान पन्तले जिम्मेवारी सम्हाल्न खोजे पनि २७ रनको स्कोरमा वरुण चक्रवर्तीले उनलाई आउट गरे । पन्तले एक छक्का र दुई चौका प्रहार गर्दा २० बल सामना गरेका थिए ।
दिल्लीका लागि ९ नम्बरमा ब्याटिङ गर्न आएका कुलदीप यादवले इज्जत जोगाए । कुलदीप टोलीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान साबित भए । उनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३५ रनको बहुमूल्य इनिङ खेले । कुलदीपको इनिङ्सको आधारमा टोलीले स्कोरबोर्डमा १५३ रन जोड्न सफल भयो । केकेआरका लागि वरुण चक्रवर्तीले ३ विकेट लिए । वैभव अरोरा र हर्षित रानाले २–२ विकेट लिए । यसबाहेक स्टार्क र सुनिल नारायणले पनि १–१ विकेट लिए ।
१ सय ५४ रनको सामान्य लक्ष्य पछ्याउँदा केकेआरको टोलीले शानदार सुरुवात गरेको थियो । ओपनर फिल साल्टले आफ्नो आँधीले बलरलाई ध्वस्त पारे । उनले ३३ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ६८ रनको खेल विजयी पारी खेले ।
साल्टको विकेटपछि कप्तान श्रेयस अय्यर र वेंकटेश अय्यर अन्तिमसम्म नटआउट रहेपछि ७ विकेटको सहज जित निस्कियो । दिल्लीका अक्षर पटेलले २ तथा लिजाड विलियम्सले एक विकेट लिए । आइपीएलमा आज राति लखनऊ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स भिड्ने छन् ।