काठमाडौं ।
उपाधि दाबेदार अष्ट्रेलियाले अर्को महिना हुने आईसीसी टी–२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ । घोषणा टोलीमा अनुभवी ब्याटर स्टिभ स्मिथ र युवा ब्याटर जेक म्याकगुर्क फ्रेजर भने छैनन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सबाट आक्रामक क्रिकेट खेल्दै आएका फ्रेजर पर्न सक्ने अनुमान गरिएको थियो । तर, अनुभवी ब्याटर डेविड वार्नरलाई निरन्तरता दिए पछि फ्रेजर अट्न सकेनन् । टी-२० क्रिकेटमा ध्यान दिँदा स्मिथ बाहिर भएका छन् ।








