गृहपृष्ठ Featured गुल्मीमा आगाे निभाउन खटिने कर्मचारीलाई सम्मान

गुल्मीमा आगाे निभाउन खटिने कर्मचारीलाई सम्मान

गुल्मी ।

गुल्मीमा आगलागी निभाउन खटिने दमकल चालकलाई सम्मान गरिएको छ । रेसुङ्गा नगरपालिकाले आगलागी निभाउन खटिने दमकल चालक कमल पन्थीसहितका कर्मचारीलाई नगदसहित सम्मान गरेको हो ।

नगर स्थापना दिवसका अवसरमा मेयर खिलध्वज पन्थी र नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्र भण्डारीले दमकल चालक पन्थीलाई २० हजार रुपैयाँसहित सम्मान गर्नुभयाे । यस्तै आगलागी निभाउन खटिने प्रेमबहादुर मगर, वसन्त बस्नेत, जीवन पाण्डे र कृष्णबहादुर थापालाई १० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

गुल्मीका १२ वटा पालिकामध्ये रेसुङ्गा नगरपालिकामा मात्र एउटा दमकल रहेको छ । रेसुङ्गाको दमकलले आफ्नाे क्षेत्रसहित गुल्मीदरबार, इस्मा, छत्रकोट, धुर्कोट लगायतका पालिकामा पुगेर आगलागी निभाउँदै आएको छ ।

गुल्मीमा तीन हप्ताकाे अवधिमा आगलागीका कारण एक सय ५० भन्दा बढी घरगोठ जलेर नष्ट हुनुका साथै तीन हजार हेक्टरभन्दा बढी वन क्षेत्रमा डढेलाे लागेकाे छ ।

सम्बन्धित् समाचार