वैखरी अनलाईन, बाणगंगा ।
नेकपा एमाले कपिलवस्तुको १०औं जिल्ला अधिवेशन यहि बैशाख २६ र २७ गते चन्द्रौटामा हुदैंछ । उक्त अधिवेशनमा खुल्लातर्फ विष्णु गिरीले जिल्ला कमिटी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । गिरी बाणगंगा नगरपालिका वडा नं.७ का वडाध्यक्ष हुन् । उनी वडाध्यक्षमा लगातार दोस्रो पटक निर्वाचित भएका हुन् ।
उनले आफ्ना निकटम प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गरेका छन् । अब उनै गिरी पार्टीको अधिवेशनमा चुनावी मैदानमा उत्रिएका छन् । उनले आफ्नो योग्यता, क्षमता र पार्टीमा गरेको योगदानकै आधारमा मुल्यांकन गरि अधिवेशनका प्रतिनिधिहरुले विजय गराउने विश्वास व्यक्त गरेका छन् ।
‘म कति पटक तल्लो कमिटीमा बसिरहने ? कति पटक सचिव भैरहने ? वडा कमिटीको सचिव, गाउँ कमिटीको उप सचिव,गाउँ कमिटीको सचिव, ईलाका कमिटीको उपसचिव, क्षेत्रिय कमिटीको उपसचिव, क्षेत्रीय कमिटीको सचिव, नगर कमिटीको सचिव ?’ उनको प्रश्न छ ।
उनले पार्टीलाई सुदृढ तुल्याउन आफ्नो उम्मेदवारी रहेको बताए ।
उनले जनभावना अनुरुप पार्टी चल्नुपर्छ भन्ने भन्ने विचारलाई स्थापित गराउन आफुले महत्वपुर्ण भूमिका निर्वाह गर्ने दाबी गरे । त्यसका लागी नेतृत्व तहमा पुग्न आवश्यक रहेको उनको भनाई छ । लामो राजनितिक पृष्ठभूमि बोकेका गिरी पार्टी पंक्तिमा भेजेका एक कार्यकर्ताको रुपमा परिचित छन् ।