चन्द्रौट, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको शाह ईन्जिनियरिङ्ग कन्सल्टेन्सीको नाम दर्ता प्रमाण पत्र निलम्बन गरिएको छ । नेपाल इन्जिरिङ्ग परिषद्ले एक सूचना जारी गर्दे नाम दर्ता प्रमाणपत्र निलम्बन गरेको हो ।
परिषद्ले शिवराज नगरपालिका वडा न.५ निवासी मोहम्मद हामिदको परिषदमा दर्ता भएको नाम (दर्ता न २६८२३ सिभिल) लाई परिषद्को यही वैशाख २१ गतेको निर्णय अनुसार दुई महिनाको लागि इन्जिनिरिङ्ग व्यवसाय सम्बन्धी कार्य गर्न गराउन नपाउने गरी निलम्बन गरेको हो ।
नेपाल इन्जिरिङ्ग परिषद् नियमावली २०५७ तेस्रो संसोधन २०८० सहितको नियम २३ को उपनियम (२) बमोजिम निलम्बन गरिएको र सोहि नियमावलीको नियम २३ को उपनियम (३)बमोजिम सम्बन्धित सबैलाई जानकारीको लागि परिषद्ले सूचना जारी गरेको छ ।
शाह ईन्जिनियरिङ्ग कन्सल्टेन्सीले विगत ५ वर्ष देखि शिवराज क्षेत्रमा व्यवसाय संचालन गर्दे आइरहेको थियो ।








