गुल्मी ।
गुल्मीको रेसुंगा नगरपालिका स्वास्थ्य क्षेत्रका सबै सूचकहरु पूरा गरेर पोषणमैत्री स्वास्थ्य संस्थायुक्त र पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा भएको छ ।
पालिकाको स्थापना दिवसको अवसरमा उक्त घोषणा गरिएको हो ।
नगरपालिकाका स्वास्थ्य संयोजक मञ्जु घर्तीले पालिकाका १४ वटै वडाका १६ वटा स्वास्थ्य संस्था पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भइसकेको बताइन् ।
जिल्लालाई २०७१ साल चैत ३० गते नेपालमै साताैं जिल्लाको रुपमा पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गर्ने गरिएको छ ।








