गृहपृष्ठ Featured एमसीसी औपचारिक रूपमै कार्यान्वयनमा : लाग्यो बुटवल सबस्टेशन निर्माणको ठेक्का

एमसीसी औपचारिक रूपमै कार्यान्वयनमा : लाग्यो बुटवल सबस्टेशन निर्माणको ठेक्का

काठमाडौं

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजना औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। ४ सय केभी क्षमताको नयाँ बुटवल सबस्टेशन निर्माणको ठेक्का लागेसँगै आयोजना कार्यान्वयनमा आएको हो।

 आयोजनाले नवलपरासी (बर्दघाट-सुस्ता-पश्चिम) जिल्लामा नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का भारतीय कम्पनी लिङ्कसन इण्डिया प्रालिलाई प्रदान गरेको विज्ञप्तीमार्फत् जनाएको छ। बिहीबार एमसीए नेपालले भारतीय कम्पनी लिङ्कसनसँग सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। उक्त सबस्टेशनको निर्माण सम्झौताको अवधि ३९ महिना रहेको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत महामहिम डीन आर. थम्पसनले नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्ने सन्दर्भमा अमेरिकी सरकार नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए। बुटवल सबस्टेसनले नेपालको प्रसारण क्षमतामा सुधार गर्दै आन्तरिक उपभोगसँगै व्यावसायिक र सीमापार विद्युत व्यापारका लागि किफायती बन्ने उनको भनाइ छ।

सम्बन्धित् समाचार