कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिका ६ बद्धौर हुलाकी सडकमा मोटरसाइकल र ट्याक्टर ठोकिँदा एक जनाको मृत्युु भएको छ ।
मृत्युु हुने कृष्णनगर नगरपालिका-१ का मोटरसाइकल चालक २९ वर्षीय बुफरान खाँ हुन् । भारतीय युपी ५५ एम नम्बरको मोटरसाइकल र लु ५ त ७१३ नम्बरको ट्याक्टर एकआपसमा ठोकिँदा मोटरसाइल चालक बुफरान खाँ को मृत्युु भएको हो ।
गम्भीर घाइते भएका खाँको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा मृत्युु भएको जनाईएको छ ।








