वैखरी अनलाईन, बाणगंगा ।
नेकपा एमाले कपिलवस्तुको १०औँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा विष्णु गिरी र उमानाथ पौडेल लोकप्रिय मतसहित विजयी भएका छन् । जिल्लाको चन्द्रौटामा बैशाख २६, २७ र २८ मा सम्पन्न अधिवेशनमा गिरी र पौडेलले खुल्ला पुरुष तर्फ लोकप्रिय मत प्राप्त गरेका हुन् ।
११ जनाको कोटामा ४३ जना उम्मेदवारहरुमध्ये गिरी र पौडेल लोकप्रिय मत प्राप्त गरे । गिरीले २५३ मत प्राप्त गरे भने पौडेलले २३७ मत पाएका हुन् ।
पौडेल कपिलवस्तु उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष हुन् भने गिरी बाणगंगा नगरपालिका वडा नं.७ का वडाध्यक्ष हुन् । लामो राजनितिक पृष्ठभूमि बोकेका पौडेल र गिरी पार्टी पंक्तिमा भेजेका कार्यकर्ताको रुपमा परिचित छन् ।
उनीहरुले आफुहरुप्रति कार्यकर्ताले दर्शाएको माया, विश्वास र प्राप्त जिम्मेवारीलाई थप उर्जा र उत्साहका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । जनता र पार्टीको काममा अझै बढी खटिने उनीहरुको भनाई छ ।
सर्वाधिक लोकप्रिय मतको पहिलो नम्बरमा भने देवीराम बेल्वासे छन् । उनले २५८ मत प्रप्त गरे ।
कसले कति मत पाए ?









