गृहपृष्ठ Featured पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु

गोरखा ।

जिल्लाका छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई जनाको मृत्यु भएको छ।

सिरानचोक गाउँपालिका-१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको हो।

यस्तै गोरखा नगरपालिका-१० छेवेटारस्थित दरौदी नदीको पौडी खेल्ने क्रममा झापा जिल्ला कमला गाउँपालिका-५, पाडाजुङ्गे घर भएका १८ वर्षीय समीर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

 

सम्बन्धित् समाचार