गृहपृष्ठ Featured ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक

‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक

काठमाडौं ।

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को अर्थपूर्ण र मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे विस्तृत उल्लेख गर्छ ।

ट्रेलर बाबुछोराको स्नेही सम्बन्धको दृश्यबाट सुरु हुन्छ । भोजपुरको राई परिवारको खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ । मोटरसँगै आउने लाहुरे, उनीहरुले ल्याउने उपहार र त्यसले यो आदिवासी परिवारमा आउने उतारचढावको कथा ट्रेलरले पेश गर्छ ।

छोरा बिन्द्रे (प्रसन राई) र उसको बाबु माइला (दयाहाङ) वरपर कथा घुम्छ । सडकसँगै आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, हिपहप संगीतले गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तनको कथा यसमा छ ।

ट्रेलरमा दयाहाङ र छोराको भूमिकामा देखिएका प्रसनको अभिनय अब्बल महसुस हुन्छ । पशुपति राई दयाहाङकी पत्नीको रोलमा छिन् । पत्रकार सम्मेलनमा निर्देशक सुब्बाले दयाहाङ राई सुरुमा आफूहरुको छनोट नरहेको बताए ।

सम्बन्धित् समाचार