गृहपृष्ठ Featured अत्यधिक गर्मीले कपिलवस्तु नगरपालिकाका विद्यालय ३ दिन बिदा

अत्यधिक गर्मीले कपिलवस्तु नगरपालिकाका विद्यालय ३ दिन बिदा

वैखरी अनलाईन, बाणगंगा ।

अत्यधिक गर्मीले विद्यालयमा पठनपाठनका क्रियाकलाप संचालन गर्न कठिनाई भएको भन्दै कपिलवस्तु नगरपालिकाले नगर भित्रका सबै विद्यालय तीन दिन बन्द गर्ने जनाएको छ ।

जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद ज्ञवालीले बताए ।

बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पुगेकाले विद्यालय बन्द गर्ने निर्णय भएको नगर प्रमुख सुदिप पौडेलले वैखरीलाई बताए ।

उनले विद्यालयमा गर्मीले बालबालिका निकै प्रभावित भएको चिकित्सकले बताए ।

सम्बन्धित् समाचार