गृहपृष्ठ Featured सुनको मूल्यले राख्यो रेकर्ड : एकैदिन १७ सयले बढ्यो

सुनको मूल्यले राख्यो रेकर्ड : एकैदिन १७ सयले बढ्यो

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा आज सुनको तोलामा नै १७ सय रुपैयाले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला एक लाख ४० हजार ५ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४२ हजार २ सय निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ ।

तेजाबी सुन बुधबार तोलामा १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भएकामा आज १ लाख ४१ हजार ५ सयमा कारोबार भएको छ ।

यसैगरी चाँदीको मूल्य भने तोलामा २५ ले घटेको छ। बिहीबार एक हजार ८ सयमा कारोबार भएको चाँदी आज एक हजार ८ सय ७५सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सम्बन्धित् समाचार