वैखरी अनलाईन, बाणगंगा ।
ब्राईट लुम्बिनी इन्टरनेशनल एजुकेशन (साविक लुम्बिनी लर्निङ सेन्टर प्रा.लि.) ले विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रा.लि. ले उक्त कार्यक्रम शनिबार बाणगंगा नगरपालिका- ३ राजापानीमा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा ईपिएस् २०२४ कोरियन भाषा परिक्षाको उत्पादन क्षेत्रतर्फ पहिलो चरणमा उत्तिर्ण र जुलाई ईनटेक २०२४ मा जापानको विधार्थी भिसा प्राप्त गर्ने विधार्थीहरुलाई सम्मान सहित विदाई गरिएको हो ।
राष्ट्रिय संगितकर्मी संघ लुम्बिनी प्रदेशका अध्यक्ष पूर्णचन्द्र परियारले विदेशिक यात्रा केहीका लागी रहर भए पनि धेरैका लागी बाध्यता भएको बताए । उनले वैदेशिक जीवन विताएपछि त्यहाँ आर्जेको ज्ञान, सिप र पैसा स्वदेशमै आएर खर्चिनुपर्ने बताए । उनले कोरिया र जापान जानेहरुका लागी ब्राईट लुम्बिनी इन्टरनेशनल एजुकेशन लुम्बिनी प्रदेशकै सर्वोत्कृष्ट गन्तब्य भएको बताए ।
उनले सो क्रममा विभिन्न गित गाउँदै मनोरञ्जन समेत प्रदान गरेका थिए । प्रालिका संचालक तथा प्रबन्ध निर्देशक असिम कँडेल क्षेत्रीले बाणगंगा नगरपालिका ४ गजेहडामा ‘लुम्बिनी लर्निङ सेन्टर प्रा.लि.’ एउटा सानो टिउसन सेन्टरको रुपमा खुलेको स्मरण गर्दै अहिले ब्राईट लुम्बिनी इन्टरनेशनल एजुकेशनको रुपमा स्थापित भएको बताए ।
हालसम्म सयौं विधार्थीहरुलाई उत्कृष्ट प्रशिक्षकद्धारा भाषा सिकाएर उत्कृष्ट अंकका साथ विधार्थीहरुको गन्तव्यमा पुर्याउन आफुहरु सफल भएको बताए । उनले दक्षिण कोरिया र जापान जानेहरुका लागी ब्राईट लुम्बिनी इन्टरनेशनल एजुकेशन सर्वोत्कृष्ट गन्तब्य भएको दाबी गरे ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले ब्राईट लुम्बिनी इन्टरनेशनल एजुकेशन ‘लुम्बिनी लर्निङ सेन्टर प्रा.लि.’ ले यसरी फड्को मार्नुको पछाडि संचालक असिम कँडेल क्षेत्रीको कार्य कौशलताले मात्र सम्भव भएको बताएका थिए ।
कार्यक्रममा कोरियन र जापानीज प्रशिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा बोल्ने विधार्थीहरुले सबैको पहिलो रोजाईमा ब्राईट लुम्बिनी इन्टरनेशनल एजुकेशन पर्नु यसले प्रदान गर्ने शैक्षिक गुणस्तरियता र सहज सेवा सुविधा नै भएको बताएका थिए ।
ईपिएस कोरियन भाषा उत्तिर्ण बिध्यार्थी, प्रशिक्षक, कर्मचारी, बिभिन्न संघ संस्थाका प्रतिनिधी, पत्रकार लगाएतको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन पत्रकार हरि आचार्यले गरेका थिए ।