गृहपृष्ठ Featured बाणगंगाको बैरियामा नि:शुल्क जापानीज कक्षा संचालन हुदैं

बाणगंगाको बैरियामा नि:शुल्क जापानीज कक्षा संचालन हुदैं

प्रकाशित मिति:

बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- १ बैरियामा अवस्थित ‘नेपाल स्किल डेभलपमेन्ट एकेडेमी एण्ड रिसर्च सेन्टर’ ले  जापानमा उच्च शिक्षा अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुलाई लक्षित गरी नि:शुल्क जापानीज भाषा कक्षा संचालन गर्ने भएको छ ।

विद्यार्थी भिसामा जापान जान चाहने विद्यार्थीहरुका लागि केही दिनमै नि:शुल्क जापानीज भाषा कक्षा संचालन गरिने ‘नेपाल स्किल डेभलपमेन्ट एकेडेमी एन्ड रिसर्च सेन्टर’ कि ब्यवस्थापक सोना पाण्डेले जानकारी दिईन् ।

नेपाल स्किल डेभलपमेन्ट एकेडेमी एन्ड रिसर्च सेन्टर’‘’ले कामदार भिषामा पनि जापान पठाउने काम गर्दै आईरहेको छ ।

उक्त सेन्टरले जापान जाने विद्यार्थीहरुलाई जानुपूर्व जापानीज भाषाको तयारी कक्षा, शैक्षिक संस्थाको छनौट, त्यहाँको हावापानी, भिसा प्रक्रिया, कागजपत्रको तयारी र जापान पुगिसकेपछि होस्टेलको व्यवस्था, आशिंक समय काम गर्न पाईने व्यवस्था अर्थात् ‘पार्ट टाईप जव’ सम्बन्धी सूचना, जानकारी र परामर्श प्रदान गर्दै आएको छ ।

नेपाल स्किल डेभलपमेन्ट एकेडेमी एन्ड रिसर्च सेन्टर’को कार्यालय बैरिया हाट बजार अगाडि रहेको आर.डि. भवन (R.D complex) मा रहेको छ ।

सम्बन्धित् समाचार