इंग्ल्याण्डका लागि कप्तान जोस बटलरले सर्वाधिक ४२ रन बनाए । उनले २८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । फिल साल्टले २३ बलमा ३७ रन जोडे ।
त्यस्तै, मोइन अलीले २५ तथा ह्यारी ब्रुकले २० रन बनाए । अस्ट्रेलियाका लागि जोस हेजलवुड र मार्कस स्टोइनिसले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । टोलीका दुई ओपनर ट्राभिस हेड र डेभिड वार्नरले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
वार्नरले मात्र १६ बलमा सर्वाधिक ३९ रन बनाए । यसक्रममा उनले २ चौका र ४ छक्का हिर्काए । त्यस्तै, हेडले १८ बलमा ३४ रन जोडे । उनले २ चौका र ३ छक्का हिर्काए ।
कप्तान मिचेल मार्सले २५ बलमा ३५ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए । उनलाई मार्कस स्टोइनिसले ३० रन बनाउँदै साथ दिए । स्टोइनिसले १७ बलमा ३० रन जोडे ।
त्यस्तै, ग्लेन म्याक्सवेलले २५ बलमा २८ रन तथा म्याथ्यू वेडले १० बलमा १७ रन बनाए । इंग्ल्याण्डका लागि क्रिस जोर्डनले २ विकेट लिए । मोइन अली, जोफ्रा आर्चर, आदिल रसिद र लियाम लिभिङ स्टोनले १–१ विकेट हात पारे ।