गृहपृष्ठ Featured तिनाउ खोलामा डुबेर भारतीय युवकको मृत्यु

तिनाउ खोलामा डुबेर भारतीय युवकको मृत्यु

प्रकाशित मिति:

रूपन्देही ।

पाल्पाको तिनाउ गाउँपालिका- ३ झुम्सास्थित तिनाउ खोलामा डुबेर भारतीय युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको कानपुर जिल्लाका ३५ वर्षीय फहिम अहमदको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।

शनिबार दिउँसो तिनाउ खोलामा नुहाउन गएका अहमद पानीमा डुबेपछि उनीसँगै गएका दुई जना साथीले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको पाल्पा प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार