गृहपृष्ठ Featured पाल्पामा बालिका बलात्कारको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

पाल्पामा बालिका बलात्कारको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

प्रकाशित मिति:

पाल्पा ।

तानसेन नगरपालिका–१ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

प्रहरीले रिब्दीकोट गाउँपालिका–५, कुसुमखोलाका ३५ वर्षीय बृहस्पति पचभैयालाई पक्राउ गरेको हो । पचभैयालाई गत शनिबार बालिकालाई बलात्कार गरेको पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

पचभैया तानसेन नगरपालिका–१४, अर्गलीस्थित स्थानीय स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ । गत आइतबार पीडितको तर्फबाट दिएको जाहेरी अनुसार उनी विरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको छ ।

थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित् समाचार