काठमाडौं ।
वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपको सुपर ८ समीकरण पूरा भएको छ । पहिलो चरणबाट ८ टीम सुपर एटमा पुगेका छन् भने १२ टीम बाहिरिएका छन् । सुपर एटमा पुगेका टोलीलाई दुई वटा समूहमा बाँडिएको छ ।
अमेरिकाले ४ मध्ये २ खेल जित्यो भने एक खेल वर्षाका कारण रद्ध भएको थियो । भारतसँग भने पराजित भएको थियो । यस्तै इङ्ल्यान्डले पनि २ खेल जित्यो भने एक खेल वर्षाका कारण रद्ध भएर अंक बाँडिएको थियो । अष्ट्रेलियासँग भने पराजित भएको थियो ।
वेस्ट इन्डिज र इङ्ल्यान्ड प्रतियोगिताको इतिहासमा सर्वाधिक २/२ पटकका विजेता हुन् । अष्ट्रेलिया र भारतले पनि एक एकपटक जितेका छन् । सुपर एट पुगेका दक्षिण अफ्रिका, बंगलादेश, अमेरिका र अफगानिस्तानले भने उपाधि जित्न सकेका छैनन् ।








