गृहपृष्ठ Featured युवालाई उद्यमशीलतामा जोड्न सकेमात्र विदेश प्लायन हुने स्थिति अन्त्य हुन्छ : प्रदेश सांसद चौधरी

युवालाई उद्यमशीलतामा जोड्न सकेमात्र विदेश प्लायन हुने स्थिति अन्त्य हुन्छ : प्रदेश सांसद चौधरी

वैखरी अनलाईन, बाणगंगा ।

लुम्बिनी प्रदेश सांसद मधुसुदन शरण चौधरीले युवालाई स्वदेशमै उद्यमशीलतामा जोड्न आवश्यक रहेको बताएका छन् । पछिल्लो समय युवाहरु विदेशीने क्रममा असाधारण रुपमा वृद्धि भएको भन्दै उनले युवाहरुलाई स्वदेशमै उद्यमशीलतामा जोड्न सकेमात्र विदेश प्लायन हुने स्थिति अन्त्य हुने बताए ।

कपिलवस्तु सुद्धोधन गाउँपालिकाले आयोजनामा भएको युवाहरुका लागी ३० दिने डकर्मी तालिमको अवलोकनको क्रममा उनले यस्तो बताएका हुन् ।

उनले युवालाई सक्षम बनाए मात्र देशले बिकासमा गति लिने बताए ।

उनले युवाहरु विकासका संवाहक भएकाले युवाहरुको ज्ञान र सिपलाई स्वदेशमै उपयोग गर्न सक्नुपर्ने धारणा राखे । युवा लक्षित कार्यक्रमलाई तीन वटै सरकारले प्राथमिकतामा राखेर योजना तर्जुमा गर्नुपर्ने उनको भनाई छ ।

युवालाई उद्यनशीलतामा जोडेर समृद्धि हासिल गर्न सकिने उनले बताए । उनले विदेशमा गरिने कडा परिश्रम स्वदेशमै गर्न सके स्वदेशमै मनग्य आम्दानी लिन सकिने बताए । उनले पछिल्लो समय मानिसहरुमा श्रम गर्ने परिपाटी क्रमश कम हुदैं गएको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा सुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले युवालाई केन्द्रविन्दमा राखेर पालिकाले योजना निर्माण गर्ने बताए । उनले युवावर्गलाई लक्षित गरेर तर्जुमा गरिएका कार्यक्रमबाट सकारात्मक परिणाम आए आगामी दिन थप युवा लक्षित कार्यक्रम ल्याउने बताए ।

युवालाई उद्यमशीलतामा जोड्न पालिका सकारात्मक रहेको बताए । त्यसका लागी पालिकाले युवाहरुलाई प्रोत्साहन गर्ने बताए ।

सम्बन्धित् समाचार