पूर्व मुख्यमन्त्री समेत रहेका गिरीले आर्थिक वर्ष २०८१/२०८२ का लागि प्रदेश सरकारले ल्याएको बजेटमा प्रदेशलाई समृद्ध बनाउने थुप्रै आधारहरू रहेको दाबी गरेका छन् ।
उनले गम्भीरताका साथ अध्ययन गरी बजेटका सकारात्मक पक्षका बारेमा जनतालाई साक्षात्कार गराउन प्रदेश सभा सदस्यहरूलाई निर्देशन दिएका छन् ।
उक्त अवसरमा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेटप्रति सकारात्मक प्रतिक्रिया आइरहेको बताउँदै प्रदेशको वर्तमान स्थितिलाई मध्यनजर गर्दै समृद्ध प्रदेशको आधार तयार पार्न बजेट सफल हुने दाबी गरे । बैठकमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थी र सामाजिक विकास मन्त्री रत्न खत्रीले प्रदेशका सबै क्षेत्रलाई बजेटले समेटेको बताए ।