सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बााणगंगा नगरपालिका वडा नं.१० का वडाध्यक्ष यमप्रसाद पोख्रेलले वडावासीलाई विकासको प्रत्याभूति दिलाउने गरि काम गरिरहेको बताएका छन् । भौगोलिक दृष्टिकोणले ठूलो वडा भएकाले विकास निर्माणका काम देखिन समय लाग्ने उनको भनाई छ । शुक्रबार वडा कार्यालयमा भएको वडावासीसंग वडाध्यक्ष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले वडा नं.१० लाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताए । विगतमा दुर्गम र विकट वडाका रुपमा हेरिदैं आएको यस वडा अहिले विकास पुर्वाधारको मूल प्रवाहमा जोडिदै गएको उनले बताए । जसले वडालाई हेर्ने दृष्टिकोणमै परिवर्तन आएको उनको भनाई छ । उनले वडावासीको जीवनशैलीमा तुलनात्मक रुपमा परिवर्तन आएको भन्दै यसले विकास र समृद्धिको आशा जगाउने काम गरेको बताए ।
उनले सबैको सकारात्मक साथ र सहयोग प्राप्त भए छिट्टै वडाको मुहार फेरिने बताए । उनले अन्य वडाको तुलनामा आगामी आर्थिक बर्षका लागी प्रदेश र केन्द्रबाट यस वडामा राम्रो बजेट विनियोजन भएको भन्दै त्यसको कार्यान्वयन चरण हेर्न धैर्य गर्नुपर्ने बताए ।
उनले यसरी प्रदेश र संघबाट बजेट बिनियोजन हुने अवस्था सबै वडावासीको सहयोगले सम्भव भएको बताए । वडावासीको आवश्यकतालाई बुझेर वडा अघि बढेको उनले बताए । प्राथमिकताका आधारमा वडाले बजेट विनियोजन गर्दै काम गर्ने गरेको र यसले समाजमा सकारात्मक सन्देश प्रवाह भएको उनको विश्वास छ ।
उनले उनले आगामी दिनमा वडावासीबासीबाट प्राप्त सहल्लाह सुझावलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाए । उनले सबैको यो साथ, सहयोग र स्नेहले आफु अत्यन्त खुशी भएको बताए । उनले वडा नं.१० लाई बाणगंगा नगरपालिकाकै उत्कृष्ट वडाको रुपमा स्थापित गर्न दिनरात नभनि लागेको बताए । उनले आफ्नो पहिलो कार्यकालमा वडाभित्र विकासका आधारभूत पूर्वाधार निर्माणमा जोड दिएको बताए । अहिले वडावासीलाई थप समृद्धितर्फ जोड्ने कार्यक्रम तथा नितिहरु अवलम्बन गरेर वडा अघि बढेको बताए ।
वडा बनाउन सबै वडावासीले अपनत्व लिन आवश्यक रहेको उनले बताए । सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, विद्युत, संचार आदि क्षेत्रमा वडाले हालसम्म उल्लेख्य प्रगति हासिल गरेको उनले दाबी गरे ।
सो कार्यक्रममा वडा सचिव सन्तराम चौधरी ‘सन्तोष’ ले प्रशासनिक कामकारबाही, सामाजिक सुरक्षा तथा पञ्जीकरणसम्बन्धि विवरण प्रस्तुत गरेका थिए ।








