गृहपृष्ठ Featured बुद्धभूमिले ल्यायो १ अर्ब २० करोड बढिको बजेट : शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

बुद्धभूमिले ल्यायो १ अर्ब २० करोड बढिको बजेट : शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

प्रकाशित मिति:

वैखरी अनलाइन, बुद्धभुमी ।

कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाले १ अर्ब २० करोड ३२ लाख ९६ हजार बराबरको बजेट ल्याएको छ । बुद्धभूमि नगरपालिकाको सभाहलमा भएको नगर सभाको पन्ध्रौ अधिवेशनबाट सो रकम बराबरको बजेट ल्याएको हो ।

नगरसभामा आर्थिक बर्ष २०८१/८२ बजेट नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रस्तुत गरेका थिए । साथै बजेट सर्वसम्मत रुपले पारित समेत भएको छ । बजेट प्रस्तुत गर्दै नगर भित्रका सामुदायिक बिद्यालयको गुणस्तरीयतालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको बताए ।

साथै नगरभित्रका नगरबासीको स्वास्थ्यलाई मध्यनजर गरेर अस्पताल निमार्णलाई अन्तीम चरणमा पु¥याउदै आवश्यकता अनुसार निशुल्क स्वास्थ्य शिविर नियमित रुपमा सञ्चालन गरिने जानकारी दिए ।

साथै बजेट प्रस्तुत गर्दै नगर प्रमुख श्रेष्ठले नगरको गौरवको आयोजनाको रुपमा रहेको टिक्कर बुड्डी बिजगौरी सडकका लागी २ करोड बजेट बिनियोजन भएको बताए । सो योजनालाई सम्पन्न गर्न प्रदेश सरकार र सघिंय सरकारसगं थप पहल गरेर बजेट पारेर तिव्र रुपमा सम्पन्न गर्न लागी पर्ने श्रेष्ठले बताए ।

साथै नगरसभामा लेखा समितिको प्रतिवेदन वडा नः ३ का वडाध्यक्ष गोबिन्द आर्चाय (बिकास)ले प्रस्तुत गरेका थिए न्यायिक समितिको प्रतिवेदन उप प्रमुख मिरा थारुले प्रस्तुत गरेकी थिइन । सभामा प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार