गृहपृष्ठ Featured शुक्रबारसम्म एसईईको नतिजा सार्वजनिक हुने !

शुक्रबारसम्म एसईईको नतिजा सार्वजनिक हुने !

प्रकाशित मिति:

काठमाडौँ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी शुक्रबारसम्म सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।बोर्डका अध्यक्ष महाश्रम शर्माले शुक्रबार भित्रै नतिजा प्रकाशित गर्ने गरी तयारीको काम भइरहेको जनाए ।

‘सकभर चाँडो नै एसईईको नतिजा विद्यार्थीलाई दिने गरि काम भईरहेको छ,’ उनले भने, ‘ढिलोमा शुक्रबारसम्ममा रिजल्ट आइसक्छ ।’

बोर्ड अर्न्तगतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले देशभरबाट परीक्षण भएर आएका उत्तरपुस्तिकाको अंक रुजुसहित इन्ट्री गर्ने तथा अंकलाई ग्रेडिङमा रुपान्तरण गर्ने काम अन्तिम चरणमा रहेको जनाएको छ ।

तयारीको काम पूरा हुन साथ बोर्डको बैठक डोकेर नतिजा सार्वजनिक गरिने त्यहाँका कर्मचारीहरूले बताए ।

सम्बन्धित् समाचार