गृहपृष्ठ Featured कपिलवस्तुको शिवराजमा नि:शुल्क शिक्षाले बिपन्न विद्यार्थीको संख्या ह्वत्तै बढ्यो

कपिलवस्तुको शिवराजमा नि:शुल्क शिक्षाले बिपन्न विद्यार्थीको संख्या ह्वत्तै बढ्यो

शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले सार्वजनिक सम्पत्ति खाली गराईने बताउनुभएको छ । नगरप्रमुख थापाले नगर भित्र कब्जामा रहेका कुलो , तथा अतिक्रमित सार्वजनिक सम्पत्ति खाली गराईने बताउनुभएको हो ।

प्रेस हव मिडिया प्रालीले बिहिवार आयोजना गरेको मेयर/उपमेयर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले नगरपालिकाले जेसिवी खरिद गरेकाले तत्काल जग्गा खाली गराउने अभियान सुचारु गर्ने बताउनुभयो ।

मेयर थापाले नगरले शिक्षा , स्वास्थ्यमा उल्लेखनीय प्रगती गरेको बताउनुभयो । प्रमुख प्रसासकिय अधिकृत बाबुराम पौडेलले भौतिक पुर्वाधार मात्र नभएर मानव बिकास पनि महत्वपुर्ण भएकाले नगरपालिकाले निसुल्क शिक्षा र स्वास्थ्यमा जोड दिएको बताउनुभयो ।

अधिकृत पौडेलले नगरमा सुसासन कायम गर्न हरबखत प्रयास गरिरहेको बताउनुभयो । कार्यक्रम प्रेस हव प्रालीका प्रबन्धक चिन्ता परियारले सहजिकरण गरेका थिए ।

सम्बन्धित् समाचार