कपिलवस्तु असार १५
लुम्बिनी प्रदेशका सबै भन्दा बढी धान खेती हुने कपिलवस्तुमा २१ औं राष्ट्रिय धान दिवसका अवसरमा जिल्लाका बिभिन्न स्थानमा रोपाई महोत्सव गरिएको छ ।
‘जलवायुमैत्री कृषि, धान उत्पादनमा बृद्धि ’ भन्ने नाराकासाथ कृषि ज्ञान केन्द्र, धान सुपर जोन कपिलवस्तु , बुद्धभुमी नगरपालिका, कालिका स्वालम्बन सामाजिक केन्द, अखिल नेपाल किशान महासंघ क्रान्तिकारीले दिवसका अवसरमा रोपाई महोत्सव गरेको हो । लुम्बिनी प्रदेशमा गरिने ३ लाख ११ हजार ४४३ हेक्टर मध्ये कपिलवस्तुमा ६९ हजार ४ सय ८० हेक्टरमा धान खेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्र र साना किशान कृषि सहकारी संस्था लिमिटेड कपिलवस्तु नगरपालिका वडा नम्बर ९ को आयोजनामा गरिएको रोपाई महोत्सवमा कपिलवस्तु नगरपालिका वडा नम्बर १० बिकुलीमा जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले खाधान्नमा परनिर्भरता बढदै गएको प्रति चिन्ता ब्यक्त गरे । देशको श्रम शक्ति बिदेशिएका र मल सिंचाईको असुबिधाले धान लगायतका अन्न बालीहरुको उत्पादनमा ह्रास आउदै गएकोले बेलैमा सचेत हुनु पर्ने उनले बताए ।
परम्परागत खेतीलाई त्यागेर आधुनिक तरिकाबाट खेती गरेर उत्पादन बढाउनु पर्ने बताए । निर्भाहमुखी र परंपरागत खेतीलाई बिस्तापित गरी उपकरणहरुको प्रयोग बढाउन जरुरी रहेको भन्दै ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलले ‘ अपार अन्न भण्डारकारुपमा रहेका जिल्लाको प्रमुख बालीकारुपमा रहेको धान खेतीको स्तर अझ माथी उठाउनु पर्ने देखिन्छ, त्यसकालागि प्रबिधिको प्रयोग बढाउदै लागतमा कमी ल्याउनु पर्छ । ’
जमिन्दारीप्रथाको अन्त्य गर्दै सोचमा समेत परिवर्तन हुनु पर्ने उनको भनाई छ । उनले धान बाली कपिलवस्तुको प्रमुख बाली रहेको भन्दै जिल्लामा ७५ हजार मेट्रिक टन धान बचत हुने गरेको उनले बताए । देशमा १४ लाख ४७ हजार ७८९ हेक्टरमा धान खेती गरिन्छ । कृषहरुले सहभागी अतिथि सबैलाई दही चिउरा खुवाएर स्वागत गरेका थिए ।

कार्यक्रमले कृषकहरुमा उत्साह थपे पनि सिंचाई, उन्न बीउ, मल लगातयको समस्याले आफुहरुलाई सधै पिलोली रहने कृषक दिपक पौडेलले ग्ुनासो गरे ‘ मल सिंचाईको सुबिधा नहुदा सधै आकाशको पानीको भर पदैै आएका छौ, खेतीमा आधुनीकरण भएको छैन, मल, बीउको सधै समस्या हुन्छ, ’ उनले भने ‘ कृषि र कृषकको नारा घन्काईए पनि दिगो बिकासका लागि भने कसैले चासो दिएका छैनन् । ’
मल र सिंचाई अभाव बिच कपिलवस्तुमा ५ प्रतिशत रोपाई
कृषकहरुले मलखादको अभावका बिच रोपाई सुरु गरेका छन । ज्ञान केन्द्र अनसार मध्य असारमा जिल्लामा ५ प्रतिकशत बढी रोपाई भएको छ । यस बर्षे सिचाई अभाव र मलखादको चरम अभाव रहेको कृषकहरु बताउछन । कृषक घाउ राका यादवले बिउ र मलको अभावका बिच बल्लतल्ल रोपाई गरेको बताए । ‘ मलखाद र उन्नत बिउ दिने सरकारेका नाराअहिले सम्म पुरा भएका छैन ’ उनले भने । सहुलियको सरकारी मल त कृषि सहकारीकिो हातमा मात्र जाने गरेको उनले गुनासो गरे । । जिल्लामा ६९ हजार ४ सय ८० हेक्टरमा धामन खेती गरिन्छ । प्रति हेक्टर ४ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । जिल्लामा राधा चार, साबित्री, सावा, मन्सुली, कालानमक लगायतका प्रजातिका धान लगाइन्छ ।
सुख्खापन, लगानी अनुसारको मुल्य नपाएकाले क्रमशः धानको उत्पादन समेत घढदै गएको छ । बिभिन्न समस्याका कारण धान उत्पादनमा खासै बृसद्ध हुन नसेको कृषि ज्ञान केन्द्रका महेन्द्र ओझाले बताए आधुनिक प्रबिधि, उन्नत बीउ, मल, सिंचाई सुबिधा नबढाईकन उत्पादन बढदैन, ’ उनले भने ‘ निर्भाहमुखी नभई ब्यवासयिक खेती गर्न कृषकलाई प्रोत्साहीत गर्नु पर्छ । ’
बुद्धुभुमी नगरपालिका र प्रगतिशील कृषक समुहको आयोजनामा २ गोरुसिंगेमा समेत रोपाई महोत्सव गरिएको छ । मेयर केशव कुमार श्रेष्ठको नेतृत्वमा पंचेबाजा बजाई रोपाई गरिएको हो । सो अवसरमा उनले कृषकहरुलाई समयमै बीउ बिजन मलखद उपलबध गराउनु पर्ने माग गरे ।

सो अवसरमा बुद्धभुमी नगरपालिकाले ८ उत्कृष्ट कृषकलाई ५ हजार नगद दोसल्ला र कदर पत्रले सम्मानित गरेका थिए । धान सुपर जोनले कपिलवस्तु नगरपालिका वडा नम्बर ११ बनगाईमा, कालिका स्वालम्बन केन्द्रले सुद्धोदन गाउपालिका र अखिल नेपाल किशान महासंघ क्रान्तिकारीले मायादेबी गाउपालिका वडा नम्बर १ सेम्रौटीमा रोपाई महोत्सव गरेको थियो ।








