काठमाडौं ।
भारतले विश्वकप उपाधि उचालेसँगै सिनियर खेलाडीहरूले टी-२० क्रिकेटबाट सन्न्यास लिने लहर चलेको छ । कप्तान रोहित शर्मा र विराट कोहलीपछि अलराउन्डर रविन्द्र जडेजाले पनि टी-२० अन्तर्राष्ट्रिय नखेल्ने घोषणा गरेका छन् ।
जडेजाले इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गरेका हुन् । उनी टी-२० विश्वकपमा खासै सफल हुन सकेका थिएनन् । जडेजाले अन्य फर्म्याटमा भने खेलिरहने बताएका छन् ।
भारतले दक्षिण अफ्रिकालाई हराउँदै १७ वर्षपछि टी-२० विश्वकपको उपाधि जितेको थियो । उपाधि जिते लगत्तै रोहित र कोहलीले सन्न्यास घोषणा गरेका थिए । अब भारतीय टीम म्यानेजमेन्टलाई तीन सिनियर खेलाडीलाई प्रतिस्थापन गर्ने चुनौती आइपरेको छ ।








